हार्दिक धन्यवाद

एजुकेसन ग्लोबल सिनेट (EGS) को चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : सबैलाई हार्दिक धन्यवाद

एजुकेसन ग्लोबल सिनेट (EGS) आफ्नो चौथो वार्षिक साधारण सभामा सहभागी हुनुभएका सम्पूर्ण सिनेटरज्यूहरू, अतिथिज्यूहरू, र शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। गत अगस्त ४, २०२६ (मंगलबार), साँझ ६:३० बजे (पूर्वी समय), जुम मार्फत सम्पन्न भएको यस भव्य कार्यक्रमले अमेरिका, मध्यपूर्व, र नेपालबाट जोडिनुभएका सहभागीहरूलाई एउटै साझा उद्देश्यमा एकीकृत गर्‍यो।

कार्यक्रमको सञ्चालन डा. विष्णु जोशीले गर्नुभयो। प्रमुख अतिथिको रुपमा न्यूयोर्कका एटर्नी तथा सिनेटर खगेन्द्र जीसीज्यू, र संस्थाका संरक्षक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठज्यूको विशेष उपस्थिति रह्यो। एनआरएनए आईसीसीका उप-महासचिव कृष्ण पोखरेलज्यू पनि विशिष्ट प्रतिनिधिको रुपमा उपस्थित हुनुभयो। प्रमुख वक्ताको रुपमा एजुकेसन, ग्लोबल सिनेटकी उपाध्यक्ष सराना श्रेष्ठ पराजुलीज्यूले सम्बोधन गर्नुभयो।

प्रमुख अतिथिबाट कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि विश्व-प्रसिद्ध संगीतज्ञ प्रा. डा. कीथ राईटले आफ्नो बाँसुरीमा “रेशम फिरिरी” धुन बजाई सबैलाई मन्त्रमुग्ध बनाउनुभयो।

वरिष्ठ उपाध्यक्ष रबिन शर्माज्यूले EGS को पृष्ठभूमि र समग्र परिचय सहितको स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो। कार्यक्रमकै क्रममा दुई नयाँ सिनेटरहरू — बाल्टिमोरका साहित्यकार प्रकाश नेपालज्यू र बोस्टनका समाजसेवी मिलन गुरुङज्यूले — सिनेटर बन्ने घोषणा गर्नुभयो, जसलाई सम्पूर्ण सभाले हार्दिक स्वागत गर्‍यो।

अनुदान समिति प्रमुख प्रा. डा. गोपी उप्रेतीज्यूले अनुदान समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसमा बझाङका पूर्ण बहादुर मल्लज्यू लगायत विभिन्न अनुदान प्राप्तकर्ताहरू र चाँदनी एयरज्यूले आ-आफ्ना स्थानीय परियोजनाहरूको विवरण प्रस्तुत गर्नुभयो। सचिव कैलाश जङ्ग डाँगीज्यूले सचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उपाध्यक्ष सर्जन बीसीज्यूले STEM शिक्षा तथा अन्य रणनीतिक पहलहरूबारे प्रस्तुति दिनुभयो। कोषाध्यक्ष कुमार सिंह डाँगीज्यूले यस वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

EGS का कार्यकारी सदस्य सरु विश्वकर्माज्यूले सिनेटर दृश्यता तथा सहभागिता परियोजनाबारे जानकारी दिनुभयो। युवा सिनेटरहरू शान्ता नगरकोटीज्यू र अशुना छन्त्यालज्यू, र EGS बोर्ड सदस्य केनी शाहज्यूले आ-आफ्ना अनुभव तथा विचार राख्नुभयो।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूबाट शुभकामना सन्देश प्राप्त भयो, जसमा समावेश हुनुहुन्थ्यो: एनआरएनए आईसीसीका उप-महासचिव कृष्ण पोखरेलज्यू, बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (BANA) का जितेन्द्र गुरुङज्यू, नेपालिज सोसाइटी अफ टेक्सासका बिजय भुसालज्यू, एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज (ANA) का अध्यक्ष खगेन्द्र अधिकारीज्यू, इन्टरनेशनल नेपाली लिटरेरी सोसाइटी (INLS) का तीर्थ पाण्डेज्यू, डा. अरुन्धती केसीज्यू, पशुपति-बुद्ध टेम्पल (PABFONE) बोस्टनका बोर्ड अफ ट्रस्टी अध्यक्ष सुशील पौडेलज्यू, PABFONE बोस्टनका अध्यक्ष ध्रुव घिमिरेज्यू, ग्रेटर बोस्टन नेपाली एसोसिएसनका अध्यक्ष सन्दीप भट्टराईज्यू, PABFONE का मिलन कार्कीज्यू, NASEA का पूर्व अध्यक्ष राजा घलेज्यू, मध्यपूर्व क्षेत्रीय प्रतिनिधि यास्मिन बेगम सयदज्यू, नेपालिज एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष प्रीतेश कार्कीज्यू, GBNC बोस्टनका मिलन कार्कीज्यू, मेरिल्यान्डका लायन्स क्लब गभर्नर नर खकुरेलज्यू, BANA का पूर्व अध्यक्ष अनुसूया ओन्तज्यू, ग्लोबल हेल्थ लिडर डा. सञ्जीब सापकोटाज्यू, प्रवासी नेपाली अन्तर्राष्ट्रिय नेतृत्व प्रभु थापाज्यू, एरिजोनाका सिनेटर डा. अम्बिका अधिकारीज्यू, जर्जियाकी अम्बिका लोहनीज्यू, NACC का भर्जिनियाका सामाजिक अगुवा पर्शुराम भण्डारीज्यू, नेपालका मिलन श्रेष्ठज्यू, क्यालिफोर्नियाकी दिक्षा बस्नेतज्यू, केन्टकीकी गीता मैनालीज्यू (जीवन विज्ञान एम्बासेडर), मेरिल्यान्डका सल्लाहकार/सिनेटर अमर छन्त्यालज्यू, हिन्दु-बुद्ध मन्दिर बाल्टिमोरका सचिव तरुण पौडेलज्यू, नर्थ क्यारोलिनाका डा. चिरञ्जीवी भट्टराईज्यू, टेक्सास नेपाली सोसाइटीका प्रतिनिधि इन्जिनियर राम थापाज्यू, न्यूयोर्कका प्रतिनिधि पुरुषोत्तम पन्थीज्यू, फ्लोरिडाका डा. शिव गौतमज्यू, लङ आइल्यान्ड नेपाली सोसाइटीका निवर्तमान अध्यक्ष कुल गौलीज्यू, र मेरिल्यान्डबाट विभिन्न संस्थाहरूको प्रतिनिधित्व गर्नुहुने भीम बीकेज्यू।

संस्थाका प्रमुख सल्लाहकार इन्जि. गोपेन्द्र भट्टराईज्यूले सामाजिक कार्यमा आउने अपजसलाई पारदर्शी ढंगले सामना गर्नु नै संस्थाको दिगोपनको आधार भएको बताउनुभयो। कार्यक्रममा उपस्थित थुप्रै अतिथिहरूले EGS ले दाता सिनेटरहरूबाट प्राप्त रकमलाई अक्षयकोषमा राखी त्यसको व्याजबाट पारदर्शी रुपमा परियोजनाहरू सञ्चालन गर्ने विधि अपनाई संस्थाको दीर्घकालीन सञ्चालनको नजिर स्थापित गरेकोमा अध्यक्ष प्रा. डा. उत्तम गौली र कोषाध्यक्ष कुमार सिंह डाँगीज्यू लगायतको नेतृत्वलाई धन्यवाद दिनुभयो।

सभाको अन्त्यमा अध्यक्ष प्रा. डा. उत्तम गौलीले सम्पूर्ण सिनेटर तथा अतिथिहरूलाई धन्यवाद दिँदै, आफूले जग बसालेको यस संस्थालाई निरन्तरता दिन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू लगायत सम्पूर्ण संस्था पर्खिरहेको बताउनुभयो।

चौथो वार्षिक साधारण सभामा प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएका छन्। संस्थागत तथा आर्थिक वार्षिक प्रतिवेदनहरू अब EGS को वेबसाइटमा उपलब्ध छन्।

यस सफल आयोजनका लागि योगदान पुर्‍याउनुहुने सबै सिनेटर, अतिथि, वक्ता, र सहयोगीहरूप्रति एजुकेसन ग्लोबल सिनेट पुनः हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ र सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद सहित,
एजुकेसन ग्लोबल सिनेट

Thank You!

Thank You for Making Our 4th Annual General Meeting a Success

Education Global Senate is deeply grateful to everyone who joined our 4th Annual General Meeting, held virtually on Tuesday, August 4, 2026. Participants connected from across the United States, the Middle East, and Nepal for an evening that was, by every account, warm, engaging, and deeply inspiring.

We extend our sincere thanks to our Chief Guest, Attorney and Senator Khagendra GC, for presiding over the ceremonial opening, and to our beloved Patron, legendary artist Madan Krishna Shrestha, whose presence and words of encouragement for our newest senators meant so much to everyone in attendance. The meeting was ably emceed by Dr. Bishnu Joshi.

The evening was marked by a beautiful note, courtesy of a musical performance by Prof. Dr. Keith Wright, whose flute rendition of “Resham Firiri” captivated the audience.

Rabin Sharma, Senior Vice President, welcomed guests with an overview of EGS’s mission.

Keynote Speaker, Sarana Shrestha Parajuli, Vice President of Education, shared the fulfillment she has found in advancing mental health initiatives through EGS. “There is no health without mental health, no education without mental health, and no wisdom without education. Let us invest in education, mental health, hope, resilience, and humanity,” her words reverberated through the global audience.

Mr. Surgeon BC, another Vice President, outlined upcoming STEM workshop plans. He is organizing a youth conference later this year.

Younger senators’ presentations captivated the audience when they cited their reasons for joining the team. Senator Shanta Nagarkoti emphasized that education is not a privilege, but every child’s right. Senator Keny Shah shared her passion for making a difference in children’s lives. Senator Saru Bishwakarma outlined the senator visibility project, which she is leading. Ashuna Chhantyal delivered a passionate speech on the importance of youth taking leadership roles.

We were proud to welcome two new senators during the program: literary figure Prakash Nepal of Baltimore, and community leader Milan Gurung of Boston, both moved to join after hearing about EGS’s ongoing work.

The evening also included a full slate of institutional reports, all of which were passed unanimously: the Grants Committee Report from Dr. Gopi Upreti, highlighting local project updates shared by Mr. Purna Bahadur Malla and Chandani Air; the Secretary’s Report from Kailash Jang Dangi; and the Treasurer’s Annual Financial Report from Kumar Singh Dangi. Full copies of these reports are now available on our website.

Several guests took a moment to commend EGS’s leadership — President Prof. Dr. Uttam Gaulee, Vice President Rabin Sharma, Treasurer Kumar Singh Dangi, and the wider team — for building a transparent, endowment-based model that channels senator contributions into lasting, accountable community impact. Chief Advisor Er. Gopendra Bhattarai reflected on transparency as the foundation of the organization’s long-term credibility.

We were also honored by well wishes and remarks from representatives of NRNA ICC, the Baltimore Association of Nepalese in America, the Nepalese Society of Texas, the Association of Nepalese in the Americas, the International Nepali Literary Society, PABFONE Boston, the Greater Boston Nepali Association, the Nepalese Association of Northern California, and many other diaspora and community organizations, along with senators and guests joining from across the country and abroad.

In his closing remarks, President Dr. Uttam Gaulee thanked all senators and guests for their continued trust, and shared his hope of one day passing leadership to a new generation ready to carry the organization’s mission forward.

To everyone who attended, spoke, and contributed to making this AGM meaningful — thank you. We look forward to building on this momentum together in the year ahead.

With gratitude,
Education Global Senate

Treasurer’s Report for AGM 2026

Education Global Senate

Reporting period: October 1, 2025–June 30, 2026

Kumar S. Dangi – Treasurer

English Version

Honorable President, respected board members, advisors, senators, committee members, guests, and well-wishers:

It is my privilege to present the Treasurer’s Report of Education Global Senate for the period ending June 30, 2026.

During this reporting period, the organization recorded total revenue of $21,188.33 and total expenditures of $5,115.88, resulting in a current-period surplus of $16,072.45. The major sources of revenue were $16,188.33 in investment income and a $5,000 Super Senator contribution.

The principal expenditure during this period was a $5,000 charitable contribution to Cure Blindness. Website and miscellaneous expenses totaled only $115.88, demonstrating careful control of administrative costs.

As of June 30, 2026, the organization’s total assets were $170,785.54, consisting of:

  • Fidelity investments: $163,189.45
  • PNC checking account: $5,094.71
  • PNC savings account: $2,501.38

The organization continues to follow an important principle of financial stewardship: Senator and Super Senator contributions are placed in the endowment and are not spent as operating funds. The principal is preserved, while investment earnings may be used to support grants, charitable activities, and the mission of the organization.

Our financial history also demonstrates meaningful community impact. Documented charitable giving includes $8,000 in 2021–2022, $40,475 in 2022–2023, $84,000 in 2023–2024, $7,300 in 2024–2025, and $5,000 during the current reporting period. Altogether, documented charitable giving and grants since 2021–2022 total $144,775.

The 2022–2023 fiscal year was the organization’s major fundraising year, with revenue of $291,543.89, expenditures of $84,926.26, and a year-end balance of $220,199.63. In 2024–2025, the organization generated a modest surplus of $2,652.67 and closed the year with assets of $154,713.09.

These results reflect collective commitment, responsible investment, disciplined spending, transparency, and a sustained focus on impact.

I express my sincere appreciation to the President, Financial Director, board members, Audit Committee, Investment Committee, Grants Committee, and all senators whose trust and support have made this progress possible.

I respectfully submit this Treasurer’s Report to the AGM for review and acceptance.

Thank you.


कोषाध्यक्षको प्रतिवेदन—AGM २०२६

Education Global Senate

प्रतिवेदन अवधि: अक्टोबर १, २०२५ देखि जुन ३०, २०२६ सम्म

आदरणीय अध्यक्षज्यू, सम्माननीय बोर्ड सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, सिनेटरज्यूहरू, समिति सदस्यहरू, अतिथिज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू:

जुन ३०, २०२६ सम्मको Education Global Senate को आर्थिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा म गौरवान्वित छु।

यस प्रतिवेदन अवधिमा संस्थाको कुल आम्दानी २१,१८८ अमेरिकी डलर ३३ सेन्ट र कुल खर्च ५,११५ डलर ८८ सेन्ट रहेको छ। यसरी संस्थाले यस अवधिमा १६,०७२ डलर ४५ सेन्ट बचत कायम गरेको छ। आम्दानीका प्रमुख स्रोतहरूमा १६,१८८ डलर ३३ सेन्ट लगानी आम्दानी र एक जना Super Senator बाट प्राप्त ५,००० डलर योगदान रहेका छन्।

यस अवधिको प्रमुख खर्च Cure Blindness लाई प्रदान गरिएको ५,००० डलरको सहयोग हो। वेबसाइट र विविध प्रशासनिक खर्च जम्मा ११५ डलर ८८ सेन्ट मात्र रहेको छ। यसले संस्थाले प्रशासनिक खर्चलाई न्यून र नियन्त्रणमा राखेको देखाउँछ।

जुन ३०, २०२६ सम्म संस्थाको कुल सम्पत्ति १,७०,७८५ डलर ५४ सेन्ट रहेको छ। यसको विवरण यस प्रकार छ:

  • Fidelity लगानी: १,६३,१८९ डलर ४५ सेन्ट
  • PNC checking खाता: ५,०९४ डलर ७१ सेन्ट
  • PNC savings खाता: २,५०१ डलर ३८ सेन्ट

संस्थाले जिम्मेवार आर्थिक व्यवस्थापनको एउटा महत्वपूर्ण सिद्धान्तलाई निरन्तर पालना गर्दै आएको छ। सिनेटर तथा Super Senator बाट प्राप्त शुल्क र योगदान endowment कोषमा सुरक्षित राखिन्छ। उक्त मूल रकम नियमित सञ्चालन खर्चका लागि प्रयोग गरिँदैन। लगानीबाट प्राप्त प्रतिफललाई मात्र अनुदान, सामाजिक सेवा तथा संस्थाको उद्देश्यअनुसारका कार्यक्रमहरूमा उपयोग गर्न सकिन्छ।

संस्थाको आर्थिक इतिहासले यसको सामाजिक प्रभावसमेत स्पष्ट देखाउँछ। उपलब्ध अभिलेखअनुसार:

  • सन् २०२१–२०२२ मा ८,००० डलर
  • सन् २०२२–२०२३ मा ४०,४७५ डलर
  • सन् २०२३–२०२४ मा ८४,००० डलर
  • सन् २०२४–२०२५ मा ७,३०० डलर
  • र हालको अवधिमा ५,००० डलर

अनुदान तथा सामाजिक सहयोगका रूपमा प्रदान गरिएको छ। यसरी सन् २०२१–२०२२ देखि जुन २०२६ सम्मको अभिलेखित कुल अनुदान तथा परोपकारी सहयोग १,४४,७७५ डलर पुगेको छ।

सन् २०२२–२०२३ संस्था निर्माण र कोष संकलनको विशेष वर्ष थियो। त्यस वर्ष कुल आम्दानी २,९१,५४३ डलर ८९ सेन्ट, कुल खर्च ८४,९२६ डलर २६ सेन्ट, र वर्षान्त मौज्दात २,२०,१९९ डलर ६३ सेन्ट रहेको थियो। सन् २०२४–२०२५ मा संस्थाले २,६५२ डलर ६७ सेन्ट बचत गर्दै कुल सम्पत्ति १,५४,७१३ डलर ९ सेन्ट कायम गरेको थियो।

यी उपलब्धिहरू सामूहिक प्रतिबद्धता, जिम्मेवार लगानी, अनुशासित खर्च, पारदर्शिता र दीर्घकालीन सामाजिक प्रभावप्रतिको हाम्रो समर्पणका परिणाम हुन्।

म अध्यक्षज्यू, वित्तीय निर्देशकज्यू, बोर्ड सदस्यहरू, लेखापरीक्षण समिति, लगानी समिति, अनुदान समिति तथा सम्पूर्ण सिनेटरज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूको विश्वास, समय र निरन्तर सहयोगले नै यो प्रगति सम्भव भएको हो।

यो कोषाध्यक्षको प्रतिवेदन छलफल तथा स्वीकृतिका लागि AGM समक्ष सम्मानपूर्वक प्रस्तुत गर्दछु।

धन्यवाद।

Secretary’s Report – AGM 2026

सचिवको संक्षिप्त वार्षिक प्रतिवेदन

Education Global Senate वार्षिक साधारण सभा—२०२६

आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, पदाधिकारीज्यूहरू, सम्माननीय सिनेटरज्यूहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू,

संस्थाको सचिवको हैसियतले यो संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा गौरवान्वित छु।

सन् २०२२ मा स्थापित Education Global Senate को उद्देश्य विश्वव्यापी अक्षयकोष निर्माण गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु हो। हाम्रो विश्वास स्पष्ट छ—शिक्षा विशेष सुविधा होइन, प्रत्येक बालबालिकाको अधिकार हो।

हाम्रो संस्थाको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भवन, बैंक खाता वा कार्यक्रम होइनन्—हाम्रा सिनेटरहरू नै हाम्रो सबैभन्दा ठूलो शक्ति र पूँजी हुनुहुन्छ। उहाँहरूको विश्वास, योगदान र सेवाभावले नै यो विश्वव्यापी परोपकारी अभियान सम्भव भएको छ।

यस वर्ष हामीले प्रत्येक महिनाको पहिलो आइतबार नियमित बैठक सञ्चालन गर्‍यौँ। साथै, जुलाई २६, २०२६ मा विशेष AGM बैठकसमेत सम्पन्न गर्‍यौँ।

यस अवधिमा हामीले तीन जना नयाँ सिनेटरलाई स्वागत गर्‍यौँ:

  • सिनेटर प्रितेश कार्की—क्यालिफोर्निया
  • सिनेटर सन्ता नगरकोटी—इलिनोइस
  • सिनेटर तीर्थराज पाण्डे—मेरिल्यान्ड

हाम्रा अन्य सबै सिनेटरहरुको नामावली हाम्रो वेभसाइटमा सूचिकृत छ।  

साथै, एक महानुभावले सुपर सिनेटरका रूपमा ५,००० अमेरिकी डलर योगदान गर्नुभएको छ। उहाँले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्नुभएको छ। यस विश्वव्यापी परोपकारी अभियानप्रतिको उहाँको असाधारण प्रतिबद्धताको सम्मानमा ती महान् आत्माका लागि जोरदार ताली बजाऔँ।

अहिले हामीसँग १४१ व्यक्तिगत सिनेटर र ९ संस्थागत सिनेटर गरी जम्मा १५० सिनेटर हुनुहुन्छ। प्रत्येक सिनेटरको योगदान भावी पुस्ताको शिक्षाका लागि सुरक्षित गरिने भएकाले अक्षयकोषमा कम्तीमा १ लाख ५० हजार अमेरिकी डलर कायम रहनु हाम्रो नैतिक तथा संस्थागत जिम्मेवारी हो।

स्थापनादेखि संस्थाले ३ लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ र विद्यालय तथा शैक्षिक परियोजनाहरूमा १ लाख ४४ हजार डलरभन्दा बढी अनुदान प्रदान गरिसकेको छ। पारदर्शी अनुदान प्रक्रिया, स्पष्ट मूल्यांकन मापदण्ड र जिम्मेवार आर्थिक व्यवस्थापनप्रतिको हाम्रो प्रतिबद्धताले संस्थालाई Candid Gold Seal of Transparency प्राप्त गर्न सहयोग गरेको छ।

पछिल्ला पाँच वर्षमा स्थानीय साझेदारहरूसँगको सहकार्यबाट एक दर्जनभन्दा बढी विद्यालय सशक्त भएका छन् र ठूलो संख्यामा विद्यार्थी लाभान्वित भएका छन्। हाम्रा कार्यक्रमहरूमा पोषण, शैक्षिक सहयोग, STEM शिक्षा, कम्प्युटर तथा कृत्रिम बुद्धिमत्ता प्रशिक्षण, स्वच्छ खानेपानी, डिजिटल साक्षरता र मानसिक स्वास्थ्य सचेतना समावेश छन्।

विशेषगरी नेपालको बझाङ जिल्लामा उपाध्यक्ष सरना श्रेष्ठ पराजुली, सल्लाहकार वैज्ञानिक डा. विष्णु जोशी, डा. सञ्जय यादव तथा स्थानीय नेतृत्वको सहकार्यमा सञ्चालन भएको मानसिक स्वास्थ्य कार्यक्रमको पहिलो चरण नौ विद्यालयमा पुगेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यो कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता देखाएको छ।

हामीले केवल रकम संकलन गरेका छैनौँ—हामीले विश्वास निर्माण गरेका छौँ, विद्यालयहरूलाई सशक्त बनाएका छौँ र बालबालिकाका लागि नयाँ सम्भावनाका ढोका खोलेका छौँ।

अब हाम्रो साझा लक्ष्य सिनेटर सदस्यता विस्तार गर्नु, अक्षयकोषलाई अझ सुदृढ बनाउनु, पारदर्शिता कायम राख्नु र प्रभावकारी शिक्षा, STEM, डिजिटल साक्षरता तथा मानसिक स्वास्थ्य कार्यक्रमलाई थप समुदायसम्म पुर्‍याउनु हो।

अन्त्यमा, सम्पूर्ण सिनेटरज्यूहरू, पदाधिकारीहरू, सल्लाहकारहरू, स्वयंसेवकहरू, स्थानीय साझेदारहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

हाम्रा सिनेटरहरू हाम्रो शक्ति हुन्।
पारदर्शिता हाम्रो आधार हो।
र भावी पुस्ताको शिक्षा हाम्रो साझा विरासत हो।

धन्यवाद।

Secretary’s Brief Annual Report

Education Global Senate Annual General Meeting—2026

Honorable President, distinguished chief guest, respected officers, esteemed Senators, and all distinguished guests present,

As Secretary of the organization, I am honored to present this brief annual report.

Established in 2022, the mission of the Education Global Senate is to build a global endowment fund and expand access to quality education for children from economically and socially disadvantaged communities. Our belief is clear: education is not a privilege; it is the right of every child.

The most important assets of our organization are not its buildings, bank accounts, or programs—our Senators are our greatest strength and most valuable capital. Their trust, contributions, and spirit of service have made this global philanthropic movement possible.

Throughout this year, we held regular meetings on the first Sunday of every month. In addition, we successfully convened a special AGM meeting on July 26, 2026.

During this period, we welcomed three new Senators:

Senator Preetesh Karki—California
Senator Santa Nagarkoti—Illinois
Senator Tirtha Raj Pandey—Maryland

The names of all our other Senators are listed on our website.

In addition, one distinguished individual contributed US$5,000 as a Super Senator. This generous donor has requested that their identity remain confidential. In recognition of this extraordinary commitment to our global philanthropic mission, let us offer a warm round of applause to this great soul.

We now have 141 individual Senators and nine organizational Senators, bringing the total number of Senators to 150. Because each Senator’s contribution is preserved to support the education of future generations, maintaining at least US$150,000 in the endowment fund is both our moral and institutional responsibility.

Since its establishment, the organization has raised more than US$300,000 and has awarded more than US$144,000 in grants to schools and educational projects. Our commitment to transparent grant procedures, clear evaluation criteria, and responsible financial management has helped the organization earn the Candid Gold Seal of Transparency.

Over the past five years, through collaboration with local partners, we have strengthened more than a dozen schools and benefited a significant number of students. Our programs have included nutrition, educational support, STEM education, computer and artificial intelligence training, access to clean drinking water, digital literacy, and mental health awareness.

In particular, the first phase of the mental health awareness program in Nepal’s Bajhang District has reached nine schools. The program was conducted through the leadership and collaboration of Vice President Sarana Shrestha Parajuli, Scientific Advisor Dr. Bishnu Joshi, Dr. Sanjay Yadav, and local leaders. The enthusiastic participation of students in Grades 9 through 12 has demonstrated the importance of expanding this program further.

We have not simply raised funds—we have built trust, strengthened schools, and opened new doors of opportunity for children.

Our shared priorities moving forward are to expand Senator membership, strengthen the endowment fund, uphold transparency, and extend effective education, STEM, digital literacy, and mental health programs to additional communities.

In closing, I extend my sincere gratitude to all Senators, officers, advisors, volunteers, local partners, and well-wishers.

Our Senators are our strength.
Transparency is our foundation.
And the education of future generations is our shared legacy.

Thank you.