/*! elementor – v3.6.8 – 27-07-2022 */
.elementor-heading-title{padding:0;margin:0;line-height:1}.elementor-widget-heading .elementor-heading-title[class*=elementor-size-]>a{color:inherit;font-size:inherit;line-height:inherit}.elementor-widget-heading .elementor-heading-title.elementor-size-small{font-size:15px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-medium{font-size:19px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-large{font-size:29px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xl{font-size:39px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xxl{font-size:59px}
Samata Senator Lalita Gaulee
/*! elementor – v3.6.8 – 27-07-2022 */
.elementor-widget-image{text-align:center}.elementor-widget-image a{display:inline-block}.elementor-widget-image a img[src$=”.svg”]{width:48px}.elementor-widget-image img{vertical-align:middle;display:inline-block}
हामीले त अवसर पायौं । अब हाम्रा बच्चाहरूको लागि अवसरहरू सिर्जना गर्ने समय हो!
जीवन संघर्षशील छ। हामीले आफ्नो भागको संघर्ष गऱ्यौं। अब देशको भविष्यको लागी साना नानीहरुको लागी अवसरका ढोका खोल्नुपर्छ। अवसरका ढोकाहरु आफै खुल्दैनन। हाम्रो समाजका अग्रजहरुले हाम्रो लागी धेरै दुःख गर्नुभयो। अब आगामी पुस्ताको लागी सोच्ने हाम्रो दायित्व रहन्छ।
पोहोर साल मदनकृष्ण श्रेष्ठ दाजु हाम्रो घरमा आउंदा उहाँहरुले समाजसेवाको लागी गरेका प्रेरक प्रसंङ्गहरुले हामीलाई छोएको थियो। उहाँहरुले जब बच्चाहरुको बारेमा कुरा गर्नुभयो, मलाई मनमा लागीरहेको थियो – केहि त गर्नैपर्छ। भन्छन नि, शुभ कामको लागी धेरै कुर्नु हुंदैन। अनि हामीले समता ग्लोबल सिनेटको अवधारणा माथि छलफल गऱ्यौं। हामीलाई थहा छ कि नेपालको माया गर्ने दयालु मायालु मनहरु संसार भरी नै छरिएर बस्नुभएको छ। तपाईं हामी सबैलाई आफ्नो देशको भविष्यप्रति चिन्ता त छंदैछ।
मदन दाई भन्नुहुन्छ, हाम्रो देशमा कृषीको बिकास गर्न पनि उद्योग धन्दाको विकास गर्न पनि पहिला त शिक्षा नै चाहिन्छ। त्यसैले हामी शिक्षाकै माध्यमबाट शुरुवात गरौं। हरिबंश आचार्य दाजुले भनेजस्तै संसार संग प्रतीस्पर्धा गर्न सक्ने विद्यार्थी तयार गर्ने एउटा मन्दीरलाई मनकारी मान्छेहरुले साथ दिएर जोगाउनुपर्छ।
समता ग्लोबल सिनेटमा जोडिंदा हामी देशसंगै जोडिन्छौं। हामी हाम्रा सन्ततिहरुको लागी सुन्दर भविष्यको खाका कोर्न सक्छौं।
